नेपाल सरकार रक्षा मन्त्रालय :: Government of Nepal Ministry of Defence
 
 
   
   
       
       
       
  Home Introduction About MOD Organisation Major Functions Contact Us Important Links
 

Bidya Devi Bhandari
Defence Minister

Naveen Kumar Ghimire
Secretary

सुचना

 

नेपाल सरकार

सामान्य प्रशासन मन्त्रालयको

छात्रवृति सम्बन्धी जरुरी सूचना

 

चालु आ ब ०६६।६७ यस मन्त्रालयको स्वीकृत बार्षिक कार्यक्रम अनुसार निजामती कर्मचारीका जेहेन्दार छोराछोरीहरुका लागि व्यवस्था गरिएको चिकित्शाशास्त्र वा ईन्जिनियरीङ विषयको स्नातक तहको छात्रवृति सम्बन्धमा यस मन्त्रालयबाट मिति २०६६।१२।२८ गते दैनिक गोरखापत्रमा सूचना प्रकाशित गरी उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिएकोमा , मिति ०६७।१।२८ गते उक्त सूचना म्याद सकिने भएकोले पुन १५ पन्द्र दिनको म्याद थप गर्ने गरी नेपाल सरकार मन्त्रीस्तर बाट मिति ०६७।१।२६ मा निर्णय भएकोले निर्णयानुसार सबैको जानकारीको लागी अनुरोध गर्दछौ ।

नेपाल सरकार

सामान्य प्रशासन मन्त्रालयको

छात्रवृती सम्बन्धी सुचना

गोरखापत्रमा प्रथम पटक प्रकशित मिति २०६६ चैत्र २८ गते

 

यस मन्त्रालयको आर्थिक वर्ष २०६६।६७ को स्विकृत वार्षिक कार्यक्रम अनुसार निजामती सेवामा कार्यरत कर्मचारीका जेहेन्दार छोराछोरीहरुका लागि व्यवस्था गरिएको चिकित्साशस्त्र वा इन्जिनियरीङ विषयको स्नातक तहको छात्रवृती सम्बन्धमा देहायका योग्यता पुगेका इच्छुक उम्मेदवारहरुवाट यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले ३० दिन भित्र सामान्य प्रशासन मन्त्रालय सिंहदरवारमा बुझाउने गरी दरखास्त आह्वान गरिएको छ । दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यस पछि कार्यालय खुलेको दिनमा दरखास्त बुझाउन सकिने छ ।

तपशिल

१ उम्मेदवारको बाबु वा आमा मध्ये एक जना निजामती सेवामा कार्यरत रहेको हुनु पर्ने छ ।

२ उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान वा चिकिस्साशास्त्र वा इन्जिनियरीङ विषयसंग सम्वन्धित विषय लिई १०­­­ ± २ वा प्रमाणपत्र तह वा सो सरह उर्त्तीण भएको हुनु पर्ने छ ।

३ नेपालका विश्व विद्यालयहरु वा शिक्षण संस्थाहरुबाट लिएको चिकिस्साशास्त्र वा इन्जिनियरङ विषयको स्नातक तहको प्रवेश परिक्षामा पास गरेको हुनु पर्ने छ ।

४ उम्मेदवार बुँदा नं ३ अनुसारको प्रवेश परिक्षामा पास भई त्यस्तो विश्वविद्यालय वा शिक्षण संस्थामा भर्ना भई सकेको वा भर्ना हुने क्रममा रहेको हुनु पर्ने छ ।

 

उम्मेदवारले दरखास्तसाथ अनिवार्य रुपले पेश गर्नुपर्ने कागजातहरुः

  • एस एस सी वा सो सरहको लब्धाङ्क तथा चारित्रिक प्रमाण पत्रको प्रतिलिपी ,
  • मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान व चिकिस्साशास्त्र वा इन्जिनियरीङ विषयसंग सम्बन्धित विषय लिई १० ± २ वा प्रमाणपत्र तह वा सो सरह उर्त्तीण गरेको ट्रान्स्क्रिप्टको प्रतिलिपी ,
  • नेपाल बाहिरको वोर्ड वा विश्वविद्यालय वा शिक्षण संस्थाबाट उर्त्तीण गरेको भए समकक्षता निर्धारण भएको प्रमाण पत्रको प्रितिलिपी
  • सम्बन्धित विषयको स्नातक तहमा भर्नाका लागि नेपालका विश्वविद्यालयद्वारा संचालित प्रवेश परीक्षामा उर्त्तीण भएको प्रमाण पत्रको प्रतिलिपी ,
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरुमा सम्बन्धित बोर्डले प्रतिशत खुलाएको हुनुपर्ने छ र सो नभएमा अनिवार्य विषयमा र एच्छिक विषयलाई मात्र गणना गरी प्रतिशत खुलाएको प्रमाणित पत्र ,
  • सम्बन्धित विश्वविद्यालयले लिएको प्रवेश परिक्षा उर्त्तीण भै भर्ना भैसकेको वा भर्ना हुने क्रममा रहेको प्रमाण ,
  • भर्ना हुन चाहेको शिक्षण संस्थाको वार्षिक शक्षिक शुल्क स्पष्टसंग देखिने गरी गरिएको सिफारिश ,
  • अभिभावक बाबु वा आमा कार्यरत सरकारी कार्यालयको तोकिए बमोजिमको ढाँचाको सिफारिश पत्र ,
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ,
  • हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो दरखास्त फारामसाथ टाँस गरेको हुनुपर्ने ,

सम्पर्क मितिमा उल्लेखित सम्पूर्ण कागजातहरुको सक्कल प्रति साथै ल्याउनु पर्नेछ ।

विस्तृत विवरणका लागि सामान्य प्रशासन मन्त्रालयको वेव साईट www.moga.gov.np हेर्न सकिने छ ।


 

 

 

 

 

 

 

 

 

 

::© Copyright 2008 Ministry of Defence::