Government of Nepal, Ministry of Defence

नेपाल सरकार

रक्षा मन्त्रालय

Government of Nepal

Ministry of Defence

काठमाण्डौ तराई मधेश द्रुतमार्ग सडक आयोजना संचालन कार्यविधि २०७४

राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त काठमाण्डौं–तराईमधेश द्रुतमार्ग सडक आयोजना सरकारले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । मन्त्रिपरिषद्ले गत बैशाख २१ गते गरेकाे निर्णय अनुसार उक्त अायाेजनाकाे सम्पूर्ण कार्य सम्पन्न गर्नेगरी सेनालार्इ अायाेजना हस्तान्तरण गरेकाे हाे । याेसँगै फास्टट्याक फेरि नेपाली सेनाकाे हातमा पुगेकाे हो । सेनाले नै उक्त मार्गकाे ट्याक खाेल्ने काम समेत गरेकाे थियाे । सो निर्णय बमोजिम शुक्रबार जंगी अड्डामा आयोजित एक संक्षिप्त कार्यक्रममा नेपाली सेनाका तर्फबाट इन्जिनियरिङ विभाग तथा आयोजना प्रमुख योगेन्द्र बहादुर खाँण र सडक विभाग मातहत तत्कालिन आयोजना प्रमुख सत्येन्द्र शाक्यबीच बुझबुझारथ भई काठमाण्डौं–तराई/मधेश दु्रतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । उक्त आयोजना हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सरोज प्रधान तथा नेपाली सेनाका तर्पmबाट आयोजनामा खट्टिएका अन्य रथीबृन्द एवं अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Recent News/Notices
सूचनाको हक सम्बन्धी यस मन्त्रालयको विवरण प्रकाशन गरिएको सम्बन्धमा 06 JUNE, 2018
निजामती सेवा पुरस्कार सम्बन्रधमा 20 MAY, 2018
प्रवक्ता, सह-प्रवक्ता र सूचना अधिकारी तोकिएको 19 DEC, 2017
कार्य सम्पादन मूल्याङ्कन सम्बन्धमा 10 June, 2017
View All